ad ad

खेल


सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्छौं : बालेन्द्र शाह

सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्छौं : बालेन्द्र शाह

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८० मंगलबार १०:४३, काठमाडौँ

सरकारले काठमाडौं महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराए महानगरपालिकाका तर्फबाट क्रिकेट रंगशाला बनाउन पहल गरिने मेयर बालेन्द्र शाहले बताएका छन्। 

एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका शाहले त्यहाँको क्रिकेट स्टेडियम हेरेपछि सामाजिक सञ्जालमार्फत सरकारले जग्गाको व्यवस्था गरे महानगरका तर्फबाट क्रिकेट रंगशाला बनाउन पहल गर्ने घोषणा गरेका हुन्।  

‘गजबको कुरा के थियो भने त्यहाँ (श्रीलंका) खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियमजस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा। नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०/९० करोडमा नै बन्छ सायद’, त्यहाँको भिडिओ राख्दै बालेन्द्रले लेखेका छन्, ‘यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ।’ 

बालेन्द्रले राखेको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .