ad ad

खेल


भारतले उचाल्यो एशियन शारीरिक सुगठनको उपाधि, नेपाल तेस्रो

भारतले उचाल्यो एशियन शारीरिक सुगठनको उपाधि, नेपाल तेस्रो

नेपालखबर
भदौ २०, २०८० बुधबार १६:११, काठमाडौँ

भारतका सराभनन मनीले ५५ औँ एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत मिष्टर एशियाको उपाधि उचालेका छन्।

सराभननले अन्य दश प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्।

शारीरिक सुगठनतर्फ विभिन्न दश तौल समूहका विजयीहरुबीच भएको मि. एशियाको प्रतिस्पर्धामा मनीले ट्रफी उचालेका हुन्।  

उनी ९० केजी तौल समूहमा विजयी हुँदै ओभरअल राउन्डमा प्रवेश गरेका थिए।

एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २६० अंक हासिल गर्दै टिम च्याम्पियनसिपमा तृतीय भएको छ।

पुरुषतर्फ भारत ७९५ अंकका साथ पहिलो र थाईल्याण्डले ५९० अंकमा दोस्रो भयो।

महिलातर्फ थाईल्याण्डले टिम च्याम्पियनसिपको उपाधि जितेको छ। भियतनाम  दोश्रो र  हङ्गकङ्ग तेश्रो भयो।

बुधबार सम्पन्न पुरुष एथलेट फिजिक् १८२ सेमी नेपालका विप्लभ कार्कीले कास्य पदक प्राप्त गरे। यो विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत प्राप्त गरे।

च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण पदक,६ रजत र ५ कास्य पदक प्राप्त गर्यो।

नेपालका विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठ ५५ केजी शारीरिक सुगठनले स्वर्ण पदक जिते। सुरेश दुवाल ५५ केजी, अशिम बाबु गरुङ्गे ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेश फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गरे।

कमल भण्डारी ६० केजी, कृष्ण प्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, बिप्लभ कार्की एथलेटिक्स फिजिक, निहाल मान जोशी एथलेटिक्स फिजिकमा कास्य पदक हात पारे।

च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले  ४५ विधामा स्पर्धा गरेका थिए।

शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा आयोजक नेपाल सहित भुटान, चीन, हङकङ चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .