ad ad

खेल


एरिका रजत पदकमा सीमित, फाइनलमा भियतनामकी एनगोवानसँग पराजित

एरिका रजत पदकमा सीमित, फाइनलमा भियतनामकी एनगोवानसँग पराजित

नेपालखबर
असोज ६, २०८१ आइतबार १५:४१, काठमाडौँ

कराते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी छिन्।

चीनमा आइतबार भएको ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनसँग ६–० ले पराजित हुँदै एरिका रजत पदकमा सिमित बन्न पुगिन्।

एरिकाले यसअघि गत वर्ष चीनको हाङझाओमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्।

एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो।

शुक्रबार भएको खेलमा तीन वाउट जित्दै एरिका फाइनलमा पुगेकी थिइन्।

एरिकाले प्रि–क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–०ले तथा क्वार्टरफाइनलमा  काजकिस्तानकी सोफया बेरूत्सलेभालाई हराएकी थिइन्।

सेमिफाइनलमा थाइल्यान्डकी केवलिन सोङगलिनलाई ८–० ले हराउँदै एरिकाले फाइनलमा स्थान बनाएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .