ad ad

खेल


पाकिस्तानसामु निरीह बंगलादेश, ११ ओभर बाँकी छँदै १९३ रनमा समेटियो

पाकिस्तानसामु निरीह बंगलादेश, ११ ओभर बाँकी छँदै १९३ रनमा समेटियो

नेपालखबर
भदौ २०, २०८० बुधबार १८:३६, काठमाडौँ

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत छिमेकी पाकिस्तानसामु बंगलादेश निरीह सावित भएको छ।

एसिया कप-२०२३ को सुपर-४ अन्तर्गत पहिलो भिडन्तमा बंगलादेशले पाकिस्तानलाई जितका लागि १९४ रनको चुनौती दिएको छ।

पाकिस्तानस्थित लाहौर गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ३८.४ ओभरमा १९३ रनमा समेटिँदै अलआउट भयो। 

बंगलादेशका लागि विकेटकिपर ​​​​​मुश्फिकुर रहिमले सबैभन्दा धेरै ६४ रन बनाए। अर्कातिर कप्तान शकिब अल हसनले ५३ रनको पारी खेले। पाकिस्तानको तर्फबाट हारिस रउफले चार विकेट झारे। उता नसिम शाहले ३ विकेट लिए।

फहिम अशरफ, इफ्तिखार अहमद र ​शाहिन शाह अफरिदीले पनि व्यक्तिगत एक-एक विकेट लिन सफल भए। 

बंगलादेशी कप्तान शकिब अल हसनले वानडे करिअरको ५४ औँ अर्धशतक बनाए। उनी ५३ रनमा आउट भए। हसनले ५७ बलमा ९२.९८ को स्ट्राइक रेटमा रन बनाए। उनले आफ्नो पारीमा ७ चौका हाने।

४७ रनमा ४ विकेट गुमाएको अवस्थामा कप्तान शकिब अल हसन र रहिमले बंगलादेशलाई सुरुवाती झट्काबाट अघि बढाएका थिए।

दुवैबीच १२० बलका लागि १०० रनको साझेदारी भयो। यस साझेदारीलाई फहिम अशरफले तोडे।

शाहिन शाहले सातौँ ओभरको दोस्रो बलमा १४० किमि प्रतिघण्टाको गतिमा बल फ्याँके। उक्त बल ब्याटर नइमको प्याडमा लागेर फाइन लेगीतर्फ गयो। नसिम उक्त बललाई रोक्न तीव्र गतिमा दौडेर डाइभ हाने। त्यहीकारण उनी घाइते भए। उनको स्थानमा मोहम्मद हारिश फिल्डिङमा आए।

बंगलादेशको सुरुवात राम्रो रहेन। उसले शून्यको स्कोरमा पहिलो विकेट गुमायो। बंगलादेशले १० ओभरको खेल सकिँदा ४९ रनमा ४ विकेट गुमाइसकेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .