नेपाली राष्ट्रिय फुटबल टोलीले अहिले म्यानमारविरुद्ध खेलिरहेको छ।
म्यानमारको याङगुनस्थित हथुउन्ना रगंशालामा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
नेपाली समयानुसार अपराह्न सवा ४ बजे सुरु खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।
फिफा क्यालेन्डरअन्तर्गत दुई खेलका लागि नेपाली टोली सोमबार नै म्यानमार पुगेको थियो।
नेपालले अर्को महिना फिफा विश्वकप छनोटको पहिलो चरणमा लाओससँग खेल्नेछ। म्यानमारविरुद्धको खेललाई त्यसकै तयारीका रुपमा लिइएको छ।
मैत्रीपूर्ण खेलका लागि टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले सात नयाँ खेलाडीलाई राख्दै २३ सदस्यीय टोली घोषणा गरेका थिए।
27
Shares
प्रतिक्रिया