ad ad

खेल


एसिया कप क्रिकेटमा बंगलादेशलाई श्रीलंकाले दियो २५८ रनको लक्ष्य

एसिया कप क्रिकेटमा बंगलादेशलाई श्रीलंकाले दियो २५८ रनको लक्ष्य

नेपालखबर
भदौ २३, २०८० शनिबार १९:३७, काठमाडौँ

एसिया कप क्रिकेटमा बंगलादेशलाई श्रीलंकाले जितका लागि २५८ रनको चुनौती दिएको छ। 

कोलम्बोको रणसिंघे प्रेमदास स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो। 

श्रीलंकाका लागि सदीरा समरविक्रमाले विस्फोटक पारी खेले। उनले ७२ बलमा ८ चौका र २ छक्काको मद्दतमा ९३ रन बनाउँदा श्रीलंकाले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो।

कुसल मेन्डिसले पनि ७३ बलमा अर्धसतक पूरा गरे। 

कप्तान दासुन शानकाले २४ र ओपनर पथुम निसानकाले ४० रनको योगदान गरे। बंगलादेशका लागि तस्किन अहमद र महमुदले समान ३ विकेट लिँदा शरीफुल इस्लामले २ विकेट लिए। 

बंगलादेशले समूह चरणको बदला लिने लक्ष्यसहित केहीबेरमा ब्याटिङ गर्दैछ। 

यसअघि समूह चरणको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो। सुपर ४ कै खेलमा आइतबार भारत र पाकिस्तान भिड्ने भएका छन्।

समूह चरणमा यी दुई टोलीको खेल वर्षाका कारण प्रभावित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .