ad ad

खेल


भारत र पाकिस्तानको खेलमा वर्षा बाधक, रोहित र शुभनमले गरेका थिए राम्रो सुरुवात

भारत र पाकिस्तानको खेलमा वर्षा बाधक, रोहित र शुभनमले गरेका थिए राम्रो सुरुवात

नेपालखबर
भदौ २४, २०८० आइतबार १७:५५, काठमाडौँ

एशिया कप-२०२३ को सुपर-४ चरण अन्तर्गत तेस्रो भिडन्त अहिले चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच भइरहेको छ।

कोलम्बोको आर प्रेमदासा स्टेडियममा भइरहेको खेलमा भारतले पहिले ब्याटिङ गर्दै राम्रो सुरुवा गरेको थियो। 

पाकिस्तानले टस जितेर बलिङमा जाने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको भारतलाई ओपनरहरु रोहित शर्मा र शुभनम गिलले उत्कृष्ट सुरुवात गरेका थिए। 

भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा २ विकेट गुमाउँदै १४७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो। भारतका लागि विराट कोहली र केएल राहुल क्रिजमा थिए। 

शुभमन गिल ५८ रन बनाएर आउट भए। उनलाई शाहिन शाह अफरिदीले शाबाद खानको हातबाट क्याच गराए। यसअघि कप्तान रोहित शर्मालाई ५६ रन बनाएको अवस्थामा शाबाद खानले फहिम अशरफको हातबाट क्याच गराए।

गिलले ५८ रन बनाएर आउट हुँदा वानडे करिअरको आठौं अर्धशतक बनाए। गिलले ५२ बलमा १० चौका पनि हाने। 

रोहितले मिडविकेटमा छक्का हानेर आफ्नो करिअरको ५० औँ अर्धशतक पूरा गरेका थिए। 

भारतीय कप्तान रोहित शर्माले वानडे करिअरको ५० औँ अर्धशतक पाकिस्तानविरुद्ध बनाए। उनी ४९ बलमा५६ रन बनाउँदै आउट भए। उनले ६ चौका र ४ छक्का पनि हाने। 

रोहित शर्मा र शुभमन गिलले भारतलाई शानदार सुरुवात गराए। दुवैले पहिलो पावरप्लेमा नै ५० को साझेदारी गरे। 

पावरप्लेपछि रोहित शर्माले शादाब खानविरुद्ध ३ छक्का र एक चौका हाने। रोहितले आफ्नो करिअरको  ५० औँ अर्धशतक पनि पूरा गरे। 

रोहितको विकेटसँगै शुभमनसँग उनको १२१ रनको साझेदारी पनि टुट्यो। दुवैले पछिल्लो भिडन्तमा नेपालविरुद्ध १४७ रनको शतकीय साझेदारी गरेका थिए। यो रोहित-गिलको पाँचौँ शतकीय साझेदारी थियो। 

रोहितपछि १८ औँ ओभरमा शुभमन गिल पनि ५८ रनमा आउट भए। उनलाई शाहिन अफरिदीले क्याच आउट गराए। 

त्यसपछि विराट र केएल क्रिजमा रहेको अवस्थामा पानी परेपछि रोकिएको खेल अझै हुन सकेको छैन।

श्रीलंका भएका एसिया कपका यसअघिका खेलमा पनि पटक पटक पानी बाधक बनेको थियो। नेपाल र भारतको खेल पनि वर्षाले प्रभावित भएको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .