ad ad

खेल


पाकिस्तानविरुद्ध केएल राहुलको अर्धशतक, विराट पनि अर्धशतकनजिक

पाकिस्तानविरुद्ध केएल राहुलको अर्धशतक, विराट पनि अर्धशतकनजिक

नेपालखबर
भदौ २५, २०८० सोमबार १७:४५, काठमाडौँ

एशिया कप क्रिकेटमा भारत-पाकिस्तानबीचको खेल फेरि सुरु भएको छ। सुपर-४ भिडन्त रिजर्भ डेका दिन सोमबार कोलम्बोको आर प्रेमदासा स्टेडियममा खेलिँदैछ। 

पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। भारतले आइतबार पहिलो दिन २ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

ताजा अवस्थमा भारतले ३४ ओभरमा २ विकेट गुमाउँदै २२२ रन बनाइसकेको छ। विराट कोहली र केएल राहुल क्रिजमा छन्।

दुवैबीच अर्धशतकीय साझेदारी भइसकेको छ। राहुल ६० बलमा करिअरको १४ औँ अर्धशतक हान्न सफल भएका छन्। अहिले उनले ६६ बलमा ६४ रन बनाइसकेका छन्। 

उता विराट कोहली पनि ५० बलमा ४३ रन बनाउँदै अर्धशतकनजिक छन्। 

यसअघि कप्तान रोहित शर्मा ५६ र शुभमन गिल ५८ रन बनाएर आउट भएका थिए। 

विराट कोहली र केएल राहुलले तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै पारी सम्हाले। दुवैले अहिलेसम्म १०० रनको साझेदारी गरिसकेका छन्।

पाकिस्तानका तीव्र गतिका बलर हारिस रऊफ आज खेलेका छैनन्। उनी घाइते भएका छन्। 

रऊफलाई प्लेइङ ११ मा राखिएको थियो। उनलले पहिलो दिन ५ ओभर बलिङ गर्दै २७ रन दिएका थिए। उनको स्पेलको बाँकी ओभर पाकिस्तानका अर्का बलरले सम्हाल्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .