ad ad

खेल


एसिया कप : पाकिस्तानविरुद्ध भारतका चारै ब्याटरको अर्धशतक

एसिया कप : पाकिस्तानविरुद्ध भारतका चारै ब्याटरको अर्धशतक

नेपालखबर
भदौ २५, २०८० सोमबार १७:५९, काठमाडौँ

एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको भारतका सुरुवाती ४ जना ब्याटरले नै अर्धशतक पूरा गरेका छन्। 

यसअघि आइतबार दुवै ओपनर अर्धशतक पूरा गरेर आउट भएका थिए। त्यसपछि आएका विराट कोहली र के एल राहुलले पनि सोमबार अर्धशतक पूरा गरेका हुन्। 

वर्षाका कारण आइतबार २४.१ ओभरमा रोकिएको खेल सोमबार पनि ढिला गरी सुरु भएको हो।

ओपनर रोहित शर्माले ४८ बलमा ६ चौका र ४ छक्काको मद्धतमा ५६ रन जोडे भने ५२ बलको सामना गरेका सुभमन गिलले १० चौकाको मद्धतमा ५८ रन जोडे। 

के एल राहुलले ७६ बल खेल्दै ६ चौका र २ छक्काको मद्धतमा नटआउट ६७ रन बनाएका छन्।

विराट कोहलीले ५५ बलमा अर्धशतक पूरा गरेका हुन्।

भारतले ३९ औं ओभरको खेल जारी रहँदा २ विकेटको क्षतीमा २३९ रन बनाएर खेलिरहेको छ। पाकिस्तानविरुद्ध भारत विशाल योगफलतर्फ अगाडि बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .