ad ad

खेल


फुटबल खेलाडीलाई बी एन्ड बी अस्पतालमा उपचार गर्दा विशेष छुट

फुटबल खेलाडीलाई बी एन्ड बी अस्पतालमा उपचार गर्दा विशेष छुट

नेपालखबर
भदौ २८, २०८० बिहिबार १३:३२, काठमाडौँ

नेपाल फुटबल खेलाडी संघ र बीएन्डबी अस्पतालबीच सम्झौता भएको छ।

खेलाडी संघ र अस्पतालबीच बुधबार एक कार्यक्रमका बीचस सम्झौता भएको हो। सम्झौता पत्रमा बीएन्डबी अस्पतालका तर्फबाट प्रोफेसर डाक्टर अमित जोशी र संघका अध्यक्ष विक्रम लामाले हस्ताक्षर गरे।

सम्झौता अनुसार खेलाडीको उपचार तथा औषधिमा २० प्रतिशत छुट पाउनेछन्। यस्तै फुटबल खेलाडीको परिवारको उपचारमा १५ प्रतिशत छुट पाउनेछन्। अस्पतालमा उपलब्ध औषधिमा पनि १२ प्रतिशत छुट दिइने सम्झौता पत्रमा उल्लेख छ।

यस्तै, विपन्न वर्गका खेलाडीका लागि वार्षिक रुपमा सिमित कोटामा निःशुल्क उपचार गर्नेछ। योसँगै खेलाडीका लागि स्वास्थ्य तथा खेल दुर्घटना सम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालनमा प्राविधिक हियोग संघले गर्नेछ।

अस्पतालका निर्देशक अशोक कुमार बास्कोटाले खेलाडीको उपचारमा आफ्हरुको अस्पताल सँधै गम्भीर रहेको बताउँदै खेलाडी संघसँगको सहकार्यले थप सहयोग पुग्ने बताए।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले चोट लागेपछि आर्थिक अवस्थाकै कारण कतिपय खेलाडीले उपचार नै गर्न नजाने अवस्थालाई यो सम्झौताले सहयोग पुग्ने बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .