ad ad

खेल


रेनुले भनिन् : १२ करोड ऋण तिरिसकेपछि गौतम बुद्ध क्रिकेट रंगशाला बन्छ

रेनुले भनिन् : १२ करोड ऋण  तिरिसकेपछि गौतम बुद्ध क्रिकेट रंगशाला बन्छ

सरसफाइ कार्यक्रममा सहभागी भरतपुरकी मेयर रेनु दाहालसहित


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १२:३५, काठमाडौँ

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पक्का भएको बताएकी छन्। 

भरतपुर महानगरपालिकाले नारायणी किनार गरेको वृहत सरसफाइ तथा वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऋण चुनौतीका रहेकाले यसलाई टुङ्गो लगाउन धेरै समय लागेको बताइन्। 

दाहालले गत आर्थिक वर्ष ०७९/८० मा महानगरपालिकामा ऋण तिर्न १२ करोड आए पनि समय अभावले ऋणीलाई दिन नसक्ने अवस्था सिर्जना भएको जानकारी दिइन्। 

‘रंगशाला हाम्रै पालामा बन्छ’, उनले भनिन्, ‘हामी बनाउँछौ। रंगशाला निर्माण हाम्रो प्रमुख एजेण्डा हो। अहिले स्टिमेट भइरहेको छ।’ 

मेयरले दाहालले केही महिनादेखि रंगशाला बन्नेमा ढुक्क हुन भनिन्। एक दुई दिनमा बस्ने मन्त्रिपरिषदको बैठकको निर्णयले १२ करोड ऋण तिर्न महानगरपालिकामा पठाउने उनले जानकारी दिइन्। 

महानगरपालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी ऋण तिर्नुपर्ने व्यक्तिको पहिचान र भरपाई तथा भुक्तानी हुने उनले बताइन्। 

रंगशाला निर्माण गर्न बागमती प्रदेश र भरतपुर महानगरले चरणवद्ध अगाडि बढाउने र प्याराफिट निर्माण गरी अन्तर्राष्ट्रिय खेलकुद सञ्चालन गरिने प्रमुख दाहालले बताइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .