रियल बेटिसविरुद्ध शानदार जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रियल बेटीसलाई ५–० को फराकिलो अन्तरले पाखा लगाउँदै ला लिगाको शीर्ष स्थानमा उक्लेको हो।
लिगमा अपराजित यात्रालाई कायम राखेको बार्साको जितमा जोआओ फेलिक्स, रोबर्टो लेवान्डोस्की, फेरान टोरेस, राफिन्हा र जोआओ क्यान्सोलोले एक एक गोल गरे।
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल थप्यो।
एथलेटिको मड्रिडबाट लोनमा आएका पोर्चुगिज फरवार्ड फेलिक्सले बार्सिलोनाको लागि पहिलो गोल गरेका हुन्।
बार्सिलोनाको जितसँगै रियल मड्रिड दोस्रो स्थानमा झरेको छ। बार्सिलोनाले ५ खेलबाट १३ अंक बनाउँदा एक खेल कम खेलेको रियलको १२ अंक छ।
रियलले आइतबार राति रियल सोसिडाडसँग खेल्दैछ।
39
Shares
प्रतिक्रिया