ad ad

खेल


चुम्बन काण्ड : महिला विश्वकप विजेता स्पेनिस टोली बहिष्कार यथावत्

चुम्बन काण्ड : महिला विश्वकप विजेता स्पेनिस टोली बहिष्कार यथावत्

नेपालखबर
असोज २, २०८० मंगलबार १४:४, काठमाडौँ

महिला विश्वकपको विजेता स्पेनिस टोलीका सदस्यहरुले राष्ट्रिय टोली बहिष्कार गरेको कुरा दोहोर्‍याएका छन्। 

गत महिना विश्वकप जितेको स्पेनिस टोलीका १५ सदस्यलाई आगामी नेसन्स लिग खेल्ने टोलीमा समावेश गरिएको छ। 

सोमबार घोषित टोलीमा प्रशिक्षक मोन्टसे टोमेले चुम्बनका कारण विवादित जेनी हर्मोसोलाई बाहिर राखेपछि उनीहरु असन्तुष्ट भएका हुन्।

महिला विश्वकपको फाइनल जितेपछि स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले फरवार्ड हर्मोसोलाई चुम्बन गरेपछि जित नै छायामा पर्नेगरी विवाद भएको थियो।

अध्यक्ष रुबियालेसले महिला खेलाडी हर्मोसोलाई चुम्बन गरेपछि ८१ खेलाडीले सामूहिक रुपमा टोली बहिष्कार गरेका थिए।

चुम्बनको विवादले स्पेनिस फुटबल नै अप्ठ्यारो स्थितिमा पुगेपछि अध्यक्ष रुबियालेसले पदबाट राजीनामा दिइसकेका छन्। 

प्रशिक्षक मोन्टसे टोमेले भने हर्मोसोसँग कुरा गरेर नै उनको सुरक्षाका लागि उनलाई टोलीबाहिर राखेको बताएकी छन्। उनले भनिन्, ‘हामी सबै जेनी र सबै खेलाडीसँग नै छौँ। मलाई विश्वास छ- उनको रक्षा गर्ने यो उत्तम तरिका हो।’

गत महिना विश्वकप जितेको २३ सदस्यीय टोलीका २१ सहित कूल ३९ खेलाडीले परिवर्तनको माग पूरा नभएसम्म राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गर्दै विज्ञप्तिमा हस्ताक्षर गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .