ad ad

खेल


म्यानचेस्टर युनाइटेडविरुद्ध बायर्नको रोमाञ्चक जित

म्यानचेस्टर युनाइटेडविरुद्ध बायर्नको रोमाञ्चक जित

नेपालखबर
असोज ४, २०८० बिहिबार १०:१, काठमाडौँ

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ।

समूह एअन्तर्गतको खेलमा बायर्नले म्यानचेस्टर युनाइटेडलाई ४–३ गोल अन्तरले हराएको हो। बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बायर्नको जितका लागि लिरोय साने, सर्ज गनाब्री, ह्यारी केन र म्याथिस टेलले समान एक गोल गरे।

युनाइटेडका लागि कासेमिरोले दुई तथा रासमुस होइलन्डले १ गोल गरे। 

खेलको २८औं मिनेटमा केनको पासमा सानेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३२औं मिनेटमा जमाल मुसियालाको पासमा गनाब्रीले गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए। 

पहिलो हाफमा २–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा सुधारिएको प्रदर्शनन गर्‍यो। खेलको ४९औं मिनेटमा होइलन्डको गोलमा युनाइटेड २–१ को अवस्थामा आयो। 

तर त्यसको पाँच मिनेटपछि नै बायर्नले पुनः गोल गर्‍यो। खेलको ५३औं मिनेटमा डी बक्स एरियामा  क्रिस्टियन एरिक्सनले ह्यान्डबल गरेपछि बायर्नले पेनाल्टी मौका पाएको थियो। जुन अवसरलाई केनले खेर जान दिएनन्। 

खेलको ८८औं मिनेटमा कासेमिरोले गोल गर्दै ३–२ को अवस्थामा ल्याए। तर इन्ज्युरी समयको दोस्रो मिनेटमा टेलले गोल गर्दै बायर्नलाई ४–२ को अग्रता दिलाए। तर थप गरिएको पाँचौँ मिनेटमा कासेमिरोले व्यक्तीगत दोस्रो गोल गर्दै खेललाई गोल अन्तर कम गरेपनी टोलीको हार टार्न भने सकेनन्। 

गएराति नै भएको सोही समूहको अर्को खेलमा गालाटासरे र एफसी कोपेनहेगनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .