ad ad

खेल


साफ यू-१९ च्याम्पियन्सिप : पहिलो खेलमै पराजित भयो नेपाल

साफ यू-१९ च्याम्पियन्सिप : पहिलो खेलमै पराजित भयो नेपाल

बलका लागि भिड्दै नेपाल र पाकिस्तानका खेलाडी। तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ४, २०८० बिहिबार १९:३०, काठमाडौँ

दुई पटकको च्याम्पियन नेपाल साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो। 

अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो। 

पहिलो पटक यू-१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुवात गरेको छ। नेपालले यसअघि यू-१९ मा कुनै खेल खेलेको थिएन।

दुई पटकको च्याम्पियन नेपालले घरेलु मैदानमा हारबाट च्याम्पियनसिपको सुरुवात गरेको हो। 

खेलको नवौ मिनेटमा मुहम्मद अदिल योउनासको फ्रिकीक पोष्टको माथिबाट बाहिरियो। ११ औं मिनेटमा कुशल देउवाको पासमा समिर तामाङको प्रहारले पोष्टको गति लिन सकेन। 

२७ औं मिनेटमा शाह जहानको फ्रि किक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाए। 

पहिलो हाफमा केही दबाबमा खेलेको नेपालका लागि गोलरक्षक तथा कप्तान जियारथ शेखले उत्कृष्ट प्रर्दशन गरेका थिए। तर उनले दोस्रो हाफमा अली जफ्फरको बल रोक्न सकेनन्। 

खेलको नवौँ मिनेटमा मुहम्मद अदिल योउनासको फ्री किक पोष्टको माथिबाट बाहिरिएको थियो। ११ औं मिनेटमा कुशल देउवाको पासमा समिर तामाङको प्रहारले पोष्टको गति लिन सकेको थिएन।

नेपाल रहेको समूह 'ए' मा पाकिस्तान र मालदिभ्स छन्। समूह चरणको दोस्रो खेलमा नेपालले सोमबार मालदिभ्ससँग खेल्नेछ। 

आजै भएको समूह 'ए' को पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ।

तस्बिरहरू : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .