ad ad

खेल


विवादमा पर्‍यो ९ करोडको आर्थिक प्रतिवेदन, छानबिन समिति बनाइँदै

विवादमा पर्‍यो ९ करोडको आर्थिक प्रतिवेदन, छानबिन समिति बनाइँदै

क्यानको साधारणसभा। तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ५, २०८० शुक्रबार १९:२३, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्व चयनका लागि बन्द सत्र सुरु हुनुअघि आर्थिक प्रतिवेदनलाई लिएर विवाद भएको छ।

क्यानको साधारण सभाअघि कार्य समितिमा कोषाध्यक्ष रोशनकुमार सिंहले आर्थिक प्रतिवेदन देखाउँदा विवाद भएको हो।

कोषाध्यक्ष सिंहले क्यानको साधारण सभामा करिब ९ करोड रुपैयाँको आर्थिक प्रतिवेदन पेस गर्ने तयारीमा थिए। 

तर उनले साधारण सभामा सिंहले आर्थिक प्रतिवेदन पेस गर्नुअघि नै विवादित बनेको हो। आर्थिक प्रतिवेदनमाथि कार्यसमितिमा बिहीबार र शुक्रबार छलफल भएको हो।

आर्थिक प्रतिवेदनमा कुरा नमिलेका कारण नयाँ कार्यसमिति चयन गर्न बोलाइएको बन्द सत्र पनि ढिला गरी सुरु भएको छ।

उनले पेस गरेको आर्थिक प्रतिवेदनमा साधारण सभामा सहभागी सदस्यहरु सन्तुष्ट हुन सकेनन्। प्रतिवेदन विवादित हुँदा साधारणसभामा पेस गरेर पारित हुन सकेको छैन।

बिहीबार राति र शुक्रबार दिनभर पटक पटक बसेको क्यानको बोर्ड बैठकमा प्रतिवेदनलाई लिएर विवाद चर्किएको थियो। 

एक पदाधिकारीका अनुसार बोर्ड बैठकमा विवाद भएपछि लेखा परीक्षकलाई नै झिकाउनुपर्ने अवस्था आएको हो। 

तर कोषाध्यक्ष सिंहको प्रतिवेदनमा सदस्यहरुबीच विवाद भएको थियो। आर्थिक प्रतिवेदनमा कुरा नमिलेपछि छानबिन समिति नै बनाइने भएको छ।

क्यानका एक अधिकारीले सिंहद्वारा तयार पारिएको आर्थिक प्रतिवेदनको छानबिनका लागि समिति बनाउने गरी सहमति भएको बताएका छन्। 

क्यानको चुनाव शनिबार हुँदैछ। अध्यक्षका लागि चतुरबहादुर चन्द र विनय राजभण्डारी मैदानमा छन्। उनीहरु प्यानल नै बनाएर चुनावी तयारी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .