१९ औं एसियाली खेलकुद अन्तर्गत थ्री बाई थ्री बास्केटबलमा नेपालको महिला टोलीले पहिलो हार व्यहोरेको छ।
सोमबार बिहान डेकिङ जियोग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा भएको समूह बी को आफ्नो पहिलो खेलमा नेपाली महिला टोली जापानसँग २२–४ ले पराजित भएको हो।
समूह चरणको दोस्रो खेलमा नेपालले बुधबार काजकिस्तानसँग खेल्नेछ।
आजै बिहान भएको रग्बी सेभेन्समा नेपालको पुरुष टोली फिलिपिन्ससँग पराजित भएको छ। हाङझाउ नर्मल युनिर्भसिटी क्याग्यिन एथलेटिक्स फिल्डमा भएको खेलमा नेपाली टोली ५५–० ले पराजित भएको छ।
नेपाली टोलीले आजै थाइल्याण्डको सामना गर्दैछ।
27
Shares
प्रतिक्रिया