ad ad

खेल


भारतविरुद्धको सुरुवाती ११ सार्वजनिक, कुशल देउवालाई अवसर

भारतविरुद्धको सुरुवाती ११ सार्वजनिक, कुशल देउवालाई अवसर

नेपाली युवा टोली मैदानमा तयारी गर्दै। तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज १०, २०८० बुधबार १७:२२, काठमाडौँ

साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको सेमिफाइलमा खेलमा नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मालदिभ्सविरुद्धको खेलबाट १ खेलाडी परिवर्तन गरेका छन्। 

आजको खेलमा कुशल देउवाले सुरुवातमा स्थान बनाएका छन्। मालदिभ्ससँगको खेलमा रातो कार्ड पाएका सुजन डंगोल आजको खेलमा टोली बाहिर छन्। 

यो खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ।  

आजै भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो। 

भारतविरुद्धको सुरुवाती ११ : 
जियारथ शेख, आयुष तिम्सिना, दिपक थापामगर, निङ्ग्सान पाराग्देन, अश्विन घोरासैनी, समिर तामाङ, प्रशान्त लक्साम, कुशल देउवा, निराजन धामी, अनिल बम्जन र अविनास स्याङताङ। 

तस्बिरहरू : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .