ad ad

खेल


अर्धशतकमा विश्व कीर्तिमान बनाएका ऐरीलाई आईजीपी कुँवरको बधाई

अर्धशतकमा विश्व कीर्तिमान बनाएका ऐरीलाई आईजीपी कुँवरको बधाई

नेपालखबर
असोज १४, २०८० आइतबार २०:२४, काठमाडौँ

नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी दीपेन्द्रसिंह ऐरीलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बधाई दिएका छन्। मित्रराष्ट्र चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएकामा ऐरीलाई प्रहरी महानिरीक्षक कुँवरले बधाई दिएका हुन्। 

सन् २०२३ सेप्टेम्बर २७ मा मङ्गोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरुष क्रिकेट टिमका तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान बनाएका हुन्। 

प्रहरी महानिरीक्षक कुँवरले आइतबार नेपाल प्रहरीका तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिँदै नेपाली खेलाडीलाई सफलताको शुभकामना पनि दिएका छन्। 

चीनमा भइरहेको १९औँ एसियन गेम्समा नेपाल प्रहरीका तर्फबाट पुरुष क्रिकेट, कराते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलनलगायत खेलमा ४७ खेलाडी सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .