ad ad

खेल


‘सरकार बधाई दिन्छ, खेलाडीलाई पुरस्कार दिन बिर्सिन्छ, लाज लागिसक्यो’

‘सरकार बधाई दिन्छ, खेलाडीलाई पुरस्कार दिन बिर्सिन्छ, लाज लागिसक्यो’

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार १३:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले खेलाडीहरुलाई सरकारले दिने भनिएको पुरस्कार अहिलेसम्म निकासा नगरेकोमा आपत्ति जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले सरकारको घोषणा कार्यान्वयन नभएको कुरा उठाउँदा उठाउँदा आफूलाई लाज लागिसकेको बता। 

‘आज पनि नेपाली क्रिकेट टोलीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। बधाई सबैले दिएको होला, पुरस्कार दिन चाहिँ सरकारले बिर्सेको छ’, उनले भने, ‘सरकारले दिने भनेको पुरस्कारबारे कुरा उठाउँदा उठाउँदा मलाई लाज लागेको छ।’

उनले क्रिकेटरहरुलाई सरकारले दिने भनेको पुरस्कार नै जनही १७ लाख रुपैयाँ पुगेको भन्दै अहिलेसम्म निकासा नभएकोमा कटाक्ष गरे।

‘सरकारले दिने भनेको पुरस्कार नै जनही १७ लाख रुपैयाँ पुगिसकेको छ। तर अझैसम्म निकासका भएको छैन’, उनले भने, ‘प्रधानमन्त्रीले भदौ २८ गते नै खेल खेल्न जानुस्, म दुई दिनमा पुरस्कार दिन्छु भनेको सुनेको थिएँ। तर प्रधानमन्त्री घुमेर आइपुग्दा पनि निकासा भएको छैन।’

शाहले सरकारले दलाल बिचौलिया र ठेकेदारको रकम भए तत्कालै निकासा गर्ने पनि उनले बताए।

‘दलाल, बिचौलिया र ठेकेदारको भए तत्कालै निकासा हुन्थ्यो’, उनले भने, ‘अहिले खेलकुद मन्त्रालय कसैले नलिने अवस्थामा छ। अनि खेल क्षेत्र कसरी माथि उठ्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .