ad ad

खेल


आत्मघाती गोलको कारण रियल मड्रिड हारबाट जोगियो

आत्मघाती गोलको कारण रियल मड्रिड हारबाट जोगियो

नेपालखबर
असोज १७, २०८० बुधबार ६:३४, काठमाडौँ

नापोलीका गोलरक्षक एलेक्स मेरेटको आत्मघाती गोलमा रियल मड्रिड हारबाट जोगिएको छ। 

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले नापोलीमाथि संर्घषपूर्ण जित निकालेको छ। 

नापोलीको घरेलु मैदान डियगो अर्मान्डो म्यारोडोनामा भएको खेलमा रियलले ३–२ को कठिन जित निकालेको हो। 

खेलको १९ औं मिनेटमा डिफेन्डर लियो ओस्टिगार्डको गोलमा नापोलीले घरेलु मैदानमा सुरुवाती अग्रता बनाएको थियो। 

तर खेलको २७ औं मिनेटमा नातानको प्रहार क्रसबारमा लाग्दै फर्किएपछि भिनिसियस जुनियरले गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए। खेलको ३४ औं मिनेटमा बेलिङघमले गोल गदै रियललाई २–१ को अग्रता दिलाए। 

पहिलो हाफमा पछि परेको घरेलु टोली नापोलीले खेलको ५४ औं मिनेटमा पिओटर जिलिन्स्कीले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

खेलको ७८ औं मिनेटमा गोलरक्षक एलेक्स मेरेटको आत्मघाती गोलमा रियलले पुनः अग्रता बनाउने मौका पायो। फेडेरिको भाल्भर्डको कडा प्रहार क्रसबारमा लाग्र्दै बाहिर निस्कदा गोलरक्षक मेरेटको पछिबाट गोलपोष्टमा छिरेको थियो। 

समूह सी मा रहेको रियलले आफ्नो पहिलो खेलमा युनियन बर्लिनलाई १–० ले पराजित गरेको छ। दुई खेलबाट ६ अंकमा शीर्ष स्थानमा छ। 

च्याम्पियन्स लिगमा घरेलु मैदानमा १४ खेलमा अपराजित रहेको नापोली गत महिला पोर्चुगिज टोलीलाई २–१ ले हराएपछि दोस्रो स्थानमा छ। 

यसअघि गएराति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले युनियन बर्लिनलाई ३–२ ले हराउँदै तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .