ad ad

खेल


लेन्सका एली वाहीको सानदार प्रदर्शनमा आर्सनलको पहिलो हार

लेन्सका एली वाहीको सानदार प्रदर्शनमा आर्सनलको पहिलो हार

नेपालखबर
असोज १७, २०८० बुधबार ७:१८, काठमाडौँ

एली वाहीको सानदार प्रदर्शनमा फ्रान्सेली टोली लेन्सले च्याम्पियन्स लिगमा आर्सनललाई स्तब्ध पारेको छ। 

मंगलबार राति भएको खेलमा लेन्सले आर्सनलविरुद्ध २–१ को जित हासिल गरेको हो। खेलको ६९औं मिनेटमा प्रजेमिस्लाव फ्रान्कोस्कीको क्रसमा वाहीले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई सफलता दिलाएका हुन्। 

सुरुआतमा केही दबाब बनाएको गनर्स टोली आर्सनले खेलको १४औं मिनेटमा अग्रता बनाएको थियो। 

बुकायो साकाको थ्रु बलमा ग्राबियल जेससको गोलमा आर्सनलले अग्रता बनाएको थियो। 

तर त्यसको ११ मिनेटपछि लेन्सले बराबरी गोल फर्काएको थियो। खेलको २५औं मिनेटमा वाहीको पासमा एड्रियन थोमासनले उत्कृष्ट गोल फर्काएका थिए।

आर्सनलले सिजनको पहिलो हार बेहोरेको हो। प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर सिटीसँग भेट हुनुअघि अर्को झड्का लागेको छ। मांसपेशीमा समस्या आएपछि फरवार्ड बुकायो साकाले ३४औं मिनेटमा मैदान छाडेका थिए। 

जितसँगै लेन्स चार अंकमा समूह बीको शीर्ष स्थानमा छ। ३ अंक भएको आर्सनल दोस्रो र २ अंकमा सेभिल्ला तेस्रो स्थानमा छन्। १ अंक भएको पीएसजभी इन्डोभन पुछारमा छ।

गएराति नै भएको खेलमा सेभिल्लाले इन्डोभनसँग बराबरी खेल्दै अंक बाँडेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .