ad ad

खेल


बार्सिलोना कहिलेसम्म मेस्सीको भरोसामा?

बार्सिलोना कहिलेसम्म मेस्सीको भरोसामा?

रोबर्ट किड
माघ १४, २०७६ मंगलबार ७:५,

जब बार्सिलोना एकदमै कमजोर देखिन्छ, यसका स्टार खेलाडीहरु चम्कन्छन्।

त्यसमध्येका एक हुन्, लियोनल मेस्सी। फुटबलका सर्वकालिन महान खेलाडी। तर, उनी सधैँ आफ्नो बलबुतामा खेल जित्न र जिताउन सक्दैँनन।

शनिबारमात्रै ला लिगामा बार्सिलोनाले यस सिजनको चौथो हार ब्यहोर्यो। चौथो हार भ्यालेन्सियासँग थियो २–० को। अर्कोदिन चिरप्रतिद्वन्द्वी रियल मड्रिडले जितेपछि उपाधिको होडमा उसले बार्सिलोनालाई तीन अंकले पछि पारेको छ।

म त्यही(बार्सिलोनाविरुद्ध भ्यालेन्सिया) खेलमा उपस्थित थिए। ला लिगा टिभीका लागि रिपोर्टिङ गरिरहेको। र, दिनको अन्त्यको कथा थियो– भ्यालेन्सियाको गज्जबको प्रदर्शन। अनि, मेस्सीको प्रदर्शन पनि कहाँ बिर्सन मिल्थो र।

यस खेलमा बार्सिलोनाको प्रदर्शन निराशाजनक र अशोचनीय थियो। तर, नचम्किएपनि मेस्सीले आफ्नो टिमको उद्धारका लागि निरन्तर प्रयास गरे। पोस्टमा ११ सट प्रहार गरे। त्यसको सुरुवात एक फ्रिकिकबाट भएको थियो, जुन पोस्टको थोरैमाथिबाट मात्रै बाहिरियो र अर्को भ्यालेन्सियाका गोलरक्षक जाउमी डोमिनिचको अँगालोमा बेरियो। 

दोस्रो हाफको सुरुआतमै उनले गरेको शशक्त प्रहारमा दर्शक जुरुक्क उठेँ। तर, उनको सटले पोस्टको पछाडिको दिशा लियो। लगत्तै उनको हेडर माथिल्लो जालीमा लाग्दै बाहिरियो। भ्यालेन्सियाका फ्रान्किस कोक्युलिनले फल गर्दै मेस्सीलाई रोक्ने प्रपञ्च पनि रचे। तर, मेस्सी जोगिएर पुनः आफ्नो अभियानमा लागे। 

त्यसपछि दायातर्फबाट आएको क्रसमा मेस्सीको प्रहारलाई धेरैले यस सिजनको उनको १५औं गोल ठानेका थिए। तर, भ्यालेन्सियाका रक्षक ग्याब्रिअल पुलिस्टाले उनको प्रहारलाई सुन्दर ब्लक गरिदिए। मेस्सी फेरि पनि लागि नै रहे। उनमा टिमका लागि केही गर्ने चाहना प्रस्टै झल्कन्थ्यो। भ्यालेन्सियाको बक्सभित्र उनी सट प्रहार गर्न वा टिम–मेटलाई पास उपलब्ध गराउने झिनो स्पेस खोजिरहेका थिए। उनले एकमात्रै गोल गर्न सकेको भए सायद बार्सिलोना खेल जित्थ्यो। कम्तीमा बराबरीमा त रोकिन्थ्यो नै। तर, १५ मिनेट बाँकी रहँदा भ्यालेन्सियाले दोस्रो गोल गर्यो र खेलको कथा सकियो।

बार्सिलानाले आफ्ना खेलाडीको प्रदर्शनमा गर्व गर्नेमा पर्छन, मेस्सी। यो कुनै सान्त्वना दिन भनिएको हैन्। जब बार्सिलोनाको अवस्था कमजोर हुन्छ, तब उसले जहिलेपनि आफ्ना स्टार खेलाडीहरुबाट अपेक्षा राखेको छ। मेस्सीले गतहप्ता पनि त्यस्तै त गरेका थिए। ग्रेनाडाविरुद्ध एकमात्रै निर्णायक गोल गरेर। यस्तो त उनले पहिलेपनि धेरैपटक गरिसकेँ।

अब बार्सिलोनाका नयाँ प्रशिक्षक क्विकी सेटिनले मेस्सीमा मात्रै निर्भर नरहने अंग्रपन्तिको योजना बनाउने बेला भैसक्यो। मेस्सीलाई उनको उत्कृष्ट प्रदर्शनका लागि खुकुलो छाडिदिने बेला आइसक्यो। आखिर मेस्सीले हरेक खेल जिताउन त सक्दैनन् नी। 

लुइस सुआरेज घाइते भएपछि त झन बार्सिलोनालाई अप्ठारो परेको छ। भ्यालेन्सियाले बल नियन्त्रणमा प्रभाव राखेपछि धेरै क्लियर चान्सहरु भने श्रृृजना गर्न सकेको थिएन। यदि टिम पछि परेको छ भने एउटा वा दुईवटा खेलाडीलाई मेस्सीको साथमा अघि दौडउँदै काउन्टर अट्याकमा गोल गर्ने रणनीति ल्याउन सक्नुपर्छ। भ्यालेन्सियाको रणनीति त्यही त थियो।

पूर्ण रुपमा नम्बर १० माथि ए वा बी प्लान निर्भर गराउँनु उचित हैन। यसो गर्दा मेस्सी आफैपनि निराश हुनसक्ने खतरा रहन्छ। सधैँ आफैले टिमलाई उद्धार गर्नुपर्ने आफैले गोल गर्नुपर्ने अवस्थाले उनलाई एक्लो महशुस गराउन सक्छ। उनी प्रतिभावान खेलाडीहरुले भरिएका छन्। उनीहरुले पनि जाँगर चलाउनुपर्ने बेला आइसकेको छ।

यसै समरमा मेस्सी ३३ वर्ष टेक्दैछन्। उमेरकै कारण उनी कम्तीमा अर्कोवर्षसम्म क्याम्प नेउ छाड्ने छैनन्। उनले अझै थुप्रै उपाधिहरुको इच्छा राखेको स्पष्टै छ। कम्तीमा स्पेनिस उपाधि(ला–लिगा)को अपेक्षा मेस्सी र बार्सालाई हुनेछ। यस सिजनमा यो उपाधि रक्षा गर्न टिमले कम्तीमा आफूलाई इम्प्रुभ गर्नैपर्छ र खेल जित्नका लागि आफ्ना स्टारको भरपर्ने परम्परा तोड्नुपर्छ। सधैँ मेस्सीबाट अपेक्षा राख्न सकिदैँन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .