ad ad

खेल


नेपाली टोली विश्वकपमा छनौट भए नोबेल मेडिकल कलेजले १५ लाख रुपैयाँ दिने

नेपाली टोली विश्वकपमा छनौट भए नोबेल मेडिकल कलेजले १५ लाख रुपैयाँ दिने

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १६:४५, काठमाडौँ

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाली राष्ट्रिय टोली विश्वमपमा छनौट भए १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

सो अस्पतालले नेपाल क्रिकेट संघलाई पत्र लेखि सो जानकारी गराएका हो।

साथै सो अस्पतालले नेपालले फाइनल जिते थप पाँच लाख रुपैयाँ दिने पनि जनाएको छ।

‘फाइनलमा नेपाली राष्ट्रिय टोलीले प्रवेश गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ विजय हासिल भई विश्वकपमा छनौट हुन सफल भएमा नेपाली राष्ट्रिय टोली (अफिसियल सहित) लाई प्रोत्साहन स्वरुप एकमुष्ट रु १५,००,००० (अक्षरुपी रु पन्ध्र लाख) पुरस्कार स्वरुप प्रदान गरिने यसै पत्र साथ घोषणा गरिएको व्यहोरा अनुरोध छ।’

पत्रमा अगाडि भनिएको छ, ‘साथै आईसीसी मेन्स टी२० वर्ल्ड कप २०२४ एशिया छनौटको फाइनल खेलमा समेत विजयी भएको अवस्थामा थप रु ५,००,००० (अक्षरुपी रु पाँच लाख) समेत प्रदान गरिने पनि जानकारी गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .