ad ad

खेल


ड्रोग्बा फाउन्डेशन र एनएसएलले भूकम्पपीडितलाई २० लाख सहयोग गर्ने

ड्रोग्बा फाउन्डेशन र एनएसएलले भूकम्पपीडितलाई २० लाख सहयोग गर्ने

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १६:२२, काठमाडौँ

गत शुक्रबारको भूकम्पबाट प्रभावित भएकाहरूलाई चर्चित फुटबलर डिडियर ड्रोग्बा फाउन्डेशन र नेपाल सुपर लिग (एनएसएल)ले संयुक्त रुपमा २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। 

एनएसएलले बिहीबार एक विज्ञप्ति जारी गरेर उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। यस राहतले भूकम्पपीडितलाई केही भए पनि राहत पुग्ने एनएसएलले जनाएको छ।

एनएसएलले बिहीबार सार्वजनिक गरेको फुटबल भिडिओ सन्देशमा ड्रोग्बाले एनएसएलसँगको साझेदारीबारे आफू उत्साहित रहेको जनाएका छन्।

ड्रोग्बाले भिडिओ सन्देशमा आगामी वर्षको एनसएसलमा सहभागी हुन आफू नेपाल आउने पनि जानकारी दिएका छन्। 

यो साझेदारीले खेलकुदको शक्ति झल्काउने बताउँदै मनवताको लागि एकताबद्ध हुनुपर्ने भावना पनि प्रस्तुत गरेको एनएसएलले जनाएको छ।

एनएसएल र ड्रोग्बा फाउन्डेशनबीच भूकम्पपीडितलाई राहतका साथै अन्य सर्वसाधरणलाई पनि सहयोग गर्ने जनाएका छन्। 

ड्रोग्बा आइभोरी कोस्टका पूर्वकप्तान हुन्। उनले लामो समय इङ्लिस फुटबल क्लब चेल्सीबाट खेलेका थिए। त्यसपछि उनी टर्किस क्लब र गालातासारेमा आबद्ध भए। 

अहिले फुटबलसम्बद्ध अन्य गतिविधिमा संलग्न ड्रोग्बाले नेपालसँग पनि सम्बन्ध बढाउन चाहेका हुन्। उनै ड्रोग्बाले सन् २०२३ को बालोन डी ओरको अवार्ड लियोनेल मेस्सीलाई प्रदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .