विश्वकप क्रिकेटअन्तर्गत आइतबार भारत र अस्ट्रेलियाबीच फाइनल खेल भइरहँदा ‘फ्रि प्यालेस्टाइन’ लेखेको टिसर्ट लगाएर एक्कासि मैदान प्रवेश गरी भारतीय खेलाडी विराट कोहलीको काँधमा हात राख्ने व्यक्तिबारे गुजरात प्रहरीले विस्तृत जानकारी दिएको छ।
अहमदाबादका संयुक्त प्रहरी आयुक्त (अपराध) नीरज कुमार बडगुजरले एएनआईसँग भनेका छन्, ‘यस व्यक्तिको नाम भान जोन्सन हो। उनी अस्ट्रेलियाका नागरिक हुन्। उनकी आमा इन्डोनेसिया र बुबा चीनका हुन्।’
प्रहरीले थप के भने?
–उनले जति कमाउँछन्, त्यो खेल हेर्न खर्च गर्छन्। र, यस्ता खेलमा घुसपैठ गर्छन्।
–सन् २०२० मा उनी रग्बी खेलमा मैदान प्रवेश गरेका थिए। त्यसपछि उनलाई २०० अमेरिकी डलरभन्दा बढी जरिवाना लिएर रिहा गरिएको थियो।
–सन् २०२३ मा पनि उनी महिला खेलमा प्रवेश गरेका थिए। जसका लागि उनलाई ५ सय अमेरिकी डलर जरिवाना गरिएको थियो। उनी आइतबारको खेलमा चर्चित बन्न मैदानमा उत्रेका थिए।
–भारतीय टोलीलाई सपोर्ट गर्दै उनी फ्रि प्यालेस्टाइन लेखेको टिसर्ट लगाएर गेट नम्बर १ बाट रंगशाला प्रवेश गरेका थिए। त्यसपछि काँडेतारले छोपिएको ६/५ फिट अग्लो बारबाट हाम फाले। उनको हातमा पनि चोट लागेको छ।
–यस सम्बन्धमा एफआईआर दर्ता गरिएको छ। अहिले अनुसन्धान अपराध महाशाखालाई हस्तान्तरण गरिएको छ।
Gujarat | The man arrested for entering the field during the India vs Australia ICC World Cup match yesterday, brought to the Ahmedabad Crime Branch today. pic.twitter.com/wPPAEzE5EZ
— ANI (@ANI) November 20, 2023
Shares
प्रतिक्रिया