ad ad

खेल


जिम्बाब्वे क्रिकेट टिमको अवस्था नाजुक, टी-२० विश्वकप छनोटमा युगान्डाजस्तो टोलीसँग हार्‍यो

जिम्बाब्वे क्रिकेट टिमको अवस्था नाजुक, टी-२० विश्वकप छनोटमा युगान्डाजस्तो टोलीसँग हार्‍यो

नेपालखबर
मंसिर १०, २०८० आइतबार २१:५७, काठमाडौँ

आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको जारी छनोट खेलमा जिम्बाब्वे युगान्डाजस्तो गुमनाम टोलीसँग हारेको छ।

नामिबियामा जारी अफ्रिका क्षेत्रीय छनोट खेलअन्तर्गत आइतबार युगान्डाले जिम्बाब्वेलाई ५ विकेटले हराएको हो। 

टस जितेर पहिले बलिङ गरेको युगान्डाले जिम्बावेलाई २० ओभरमा १३६ रन मात्र बनाउन दियो। त्यसपछि लक्ष्य पछ्याउने क्रममा युगान्डाले जिम्बाब्वेलाई ५ बल बाँकी छँदै ५ विकेटले हराएको हो। 

टी–२० विश्वकपमा अफ्रिकाबाट दुई देशले खेल्नुपर्ने भए पनि सात देशबीच  भइरहेको अफ्रिका क्षेत्र छनोटमा जिम्बावे चौथो स्थानमा छ।

हाल नामिबिया पहिलो र केन्या दोस्रो स्थानमा छन्। सन् २०२४ को टी–२० विश्वकपका लागि अफ्रिकाबाहेक १८ टोलीको टुंगो लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .