ad ad

खेल


अमेरिकी टोली नेपाल आइपुग्यो

अमेरिकी टोली नेपाल आइपुग्यो

नेपालखबर
माघ २०, २०७६ सोमबार ७:१,

बुधबारबाट सुरु हुने विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि अमेरिकी टोली नेपाल आइपुगेको छ। नेपाल र ओमान सम्मिलित खेलका लागि भारतको मुम्बईमा ३ वटा अभ्यास खेल खेलेर टोली नेपाल आइपुगेको हो।

अमेरिकाले सिरिजअन्तर्गत पहिलो खेल ओमानसँग माघ २३ गते खेल्नेछ भने दोस्रो खेलमा माघ २५ मा घरेलु टोली नेपालसँग खेल्नेछ। यस्तै तेस्रो खेलमा माघ २८ मा ओमान र अन्तिम खेलमा नेपालसँग माघ २९ मा खेल्नेछ।

सिरिजका लागि अमेरिकाले सौरभ नेत्रवलकरको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो। अमेरिकाको टोलीमा कप्तान सौरभ नेत्रवलकर, स्टिभ टेलर, करिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, आरोन जोन्स, नास्तुश केन्जोगे, जेवियर मार्शल, मोनन्क पटेल, निसारग पटेल, तिमिल पटेल, क्यामरन स्टीभेन्सन र रस्टी थेरन छन्।

अमेरिकाको टोलीमा दक्षिण अफ्रिकाबाट एक दिवसिय र ट्वान्टी–२० आई खेलिसकेका तीब्र गतिका बलर रस्टी थेरन र वेस्ट इन्डिजका पूर्व ओपनर जेवियर मार्शल समावेश छन्। नेपाल बाहेक ६ टोलीले विश्वकप लिग–२ अन्तर्गत दुई त्रिकोणात्मक सिरिज खेलिसक्दा अमेरिका शीर्ष स्थानमा छ।

अमेरिका ८ खेलमा ६ मा जित निकालेर शीर्ष स्थानमा छ। ४ खेलमा जित र ३ मा हार सहित स्कटल्यान्ड दोस्रो स्थानमा छ।

यस्तै ४ मा जित र ३ मा हार सहित नामिबिया तेस्रो स्थानमा छ। ओमान ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ। ८ खेलमा यएईले समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ। पप्पुवा न्युगिनी ८ खेलमा ८ खेल हार्दै छैठौं स्थानमा छ। कुनैपनि खेल नखेलेको नेपाल अंकतालिकको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .