ad ad

खेल


यू-१९ एसिया कपमा भारतविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

यू-१९ एसिया कपमा भारतविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

नेपालखबर
मंसिर २६, २०८० मंगलबार ११:५६, काठमाडौँ

एसीसी यू-१९ एसिया कपअन्तर्गत जारी खेलमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। 

तेस्रो नम्बरमा ब्याटिङमा आएका उत्तम थापा मगर सातौं ओभरको दोस्रो बलमा एलबीडब्ल्यू धरापमा परे। ७ बलमा शून्य रन बनाएका उत्तम राज लिम्बानीको बलमा एलबीडब्ल्यू धरापमा गरे। 

त्यसअघि पाँचौ ओभरको पहिलो बलमा दीपक बोहोरा १ रन बनाउँदा क्याच आउट भए। ११ बलमा १ रन बनाएका दीपक राज लिम्बानीको बलमा अभानिसको हातबाट क्याच आउट भए। 

अहिले क्रिजमा अर्जुन कुमाल ७ र कप्तान देव थापा शून्य रनमा नटआउट छन्। 

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले सातौं ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १५ रन बनाएर खेलिरहेको छ। 

नेपालले भारतविरुद्धको खेलमा दुई परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक जगत् टमाटाले अफगानिस्तासँगको टोलीबाट विपिन रावल र आकाश त्रिपाठीलाई बेन्चमा राखेका छन्।

विपिनको स्थानमा दीपक डुम्रे तथा आकाश त्रिपाठीको स्थानमा आक्रामक ब्याटर दीपक बोहरालाई सुरुवाती ११ मा राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .