ad ad

खेल


भारतसँग नेपालको १० विकेटको फराकिलो हार

भारतसँग नेपालको १० विकेटको फराकिलो हार

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १४:२५, काठमाडौँ

भारतसँग १० विकेटको फराकिलो हार व्यहोरेसँगै नेपाली युवा टोली एसीसी यू–१९ एसिया कपको समुह चरणबाटै बाहिरिएको छ। 

उपाधि दाबेदारको रुपमा हेरिएको नेपालले लगातार तेस्रो हार व्यहोर्दै एसिया कप यात्रा पनि सकाएको छ। उमेर समुहमा नेपालले भारतलाई सन् २०१७ पछि हराउन सकेको छैन। 

नेपालले अब जनवरी–फेब्रुअरीमा यू–१९ विश्वकप खेल्नेछ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। 

नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो। 

भारतका लागि ओपनर आदर्श सिंह १३ र आर्सिन अतुल कुलकर्नी ४३ रनमा नटआउट रहे। १३ बलको सामना गरेका आदर्शले २ चौका प्रहार गरे। आर्शिनले ३० बलमा १ चौका र ५ छक्का प्रहार गरे।  

त्यसअघि दुबईको आइसीसी एकेडेमी ओभल–२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रनमा अलआउट भयो। 

भारतविरुद्ध लज्जास्पद ब्याटिङ गरेको नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

हेमन्त धामीले बनाएको ८ रन नै नेपालका लागि सर्वाधिक रह्यो। आकाश चन्द ४ रनमा नटआउट रहे। 

ओपनर अर्जुन कुमाल र दिपक बोहोराले बनाएको ७ रन थपे। गुल्सन झा र दिपेश कडेलले समान ४ रन थपे। कप्तान देव खनाल र सुवास भण्डारी समान २ रनमा क्याच आउट भए। 

नेपाली ब्याटर भारतिय बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्। ओपनर दिपक बोहोरा १ रनमा क्याच आउट भए। उत्तम थापा मगर शुन्य रनमा आउट भए। दिपक डुम्रे गोल्डेन डगआउट भए। 

नेपालले यू–१९ क्रिकेट इतिहासमा गरेको यो अहिलेसम्मकै खराब प्रर्दशन हो। यसअघि सन् २००८ मा नेपाल वेष्ट इण्डिविरुद्ध ७४ रनमा अलआउट भएको थियो। 

भारतका राज लुम्बानी एक्लैले ७ विकेट लिए। घातक बलिङ गरेका राजले ९.१ ओभरमा ३ मेडन राख्दै मात्र १३ रन दिए। आराध्या शुक्लाले दुई विकेट लिए। अर्सिन कुलकर्नीको नाममा एक विकेट रह्यो।

नेपाल लगातार दोस्रोपटक एसियाकपमा जितविहीन हुँदै बाहिरिएको हो। यसअघि सन् २०२१ मा पनि नेपाल जितविहीन बनेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .