भारतीय टोलीले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय (ओडीआई) शृंखला जितका साथ सुरु गरेको छ।
जोहानेसबर्गमा भएको पहिलो एकदिवसीय खेलमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको हो।
यो खेलमा भारतीय बलर अर्शदीप सिंह र आवेश खानले बलियो बलिङ गर्दै अफ्रिकी टोलीलाई ११६ रनमा मात्रै सीमित बनाए।
अर्शदीपले पाँच र आवेशले चार विकेट लिए। यसपछि लक्ष्य पछ्याउने भारतीय टोलीका लागि साई सुदर्शन (अविजित ५५ रन) र श्रेयस अय्यर (५२ रन) ले अर्धशतकीय पारी खेल्दै १७औँओभरमा भारतलाई जित दिलाए।
भारत पाँच वर्षपछि दक्षिण अफ्रिकाको भूमिमा एकदिवसीय खेल जित्न सफल भएको हो।
यसअघि भारतले फेब्रुअरी २०१८ मा दक्षिण अफ्रिकालाई यहाँ हराएको थियो।
297
Shares
प्रतिक्रिया