ad ad

खेल


मिचेल स्ट्रक आईपीएलका सबैभन्दा महँगा खेलाडी, कोलकाताले २४ करोड ७५ लाखमा किन्यो

मिचेल स्ट्रक आईपीएलका सबैभन्दा महँगा खेलाडी, कोलकाताले २४ करोड ७५ लाखमा किन्यो

नेपालखबर
पुस ३, २०८० मंगलबार १६:२७, काठमाडौँ

इन्डियन प्रिमियर लिगको मंगलबार जारी लिलामीमा अस्ट्रेलियाका बलर मिचेल स्ट्राक अहिलेसम्मकै महँगो खेलाडी भएका छन्। 

आईपीएल २०२४ को लिलामीका क्रममा अस्ट्रेलियन बलर स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख रुपैयाँमा किनेको हो। 

मंगलबार जारी लिलामीका क्रममा केही बेरअघि मात्रै यो रेकर्ड अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको नाममा थियो। उनलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो। 

उनले हालै अस्ट्रेलियालाई एकदिवसीय क्रिकेट विश्वकपका उपाधि दिलाएका थिए। उनीभन्दा अघि साम करन आईपीएलका महँगा खेलाडी थिए।

उनलाई पञ्जाब किङ्स एलेभेन्सले १८.५० करोडमा किनेको थियो। कमिन्सलाई यसअघि २०२० मा कोलाकाता नाइट राइडर्सले १५.५ करोडमा किनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .