ad ad

खेल


एनएसएल विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने

एनएसएल विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने

फाइल फोटो


नेपालखबर
पुस ११, २०८० बुधबार २१:३५, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) यो दोस्रो संस्करणको विजेताले उपाधिसहित ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

एनएसएल आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले आज एक विज्ञप्ती जारी गर्दै पहिलो संस्करणको तुलानामा यो पटक पुरस्कार रकम दोब्बरले वृद्धी गरेको जानकारी दिएको हो।

अघिल्लो संस्करणको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाएका थिए। दोस्रो संस्करणको उपाधि विजेताले २० लाख रुपैयाँ पाउनेछ।

एनएसएलको सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ। लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

एनएसएलको दोस्रो संस्करणको उपाधि दौडमा धनगढी एफसी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी छन्।

पहिलो क्वालिफायरमा पोखरालाई टाइब्रेकरमा ४–३ ले हराउँदै धनगढीले लगातार दोस्रो पटक उपाधि नजिक पुगेको छ।

धनगढीसँग पराजित पोखराले भने दोस्रो क्वालिफायरमा बिहिबार ललितपुरको सामना गर्दैछ।

ललितपुरले एलिमिनेटर खेलमा साविक विजेता काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले हराउँदै पोखरासँगको भेट पक्का गरेको थियो।

यी तिन टोली उपाधिको दौडमा हुँदा यो पटक एनएसएलले नयाँ च्याम्पियन पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .