नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल समाजवादी मोर्चाको संयोजकमा निरन्तरता पाएका छन्।
बुधबार साँझ बसेको मोर्चाको बैठकले नेपाललाई नै संयोजकमा निरन्तरता दिने निर्णय गरेको हो।
मोर्चाको संयोजक ६/६ महिनामा परिवर्तन हुने प्रावधान राखिएको थियो। पहिलो संयोजक नेपालले नै फेरि निरन्तरता पाएका हुन्।
यस्तै, समाजवादी मोर्चाले सहिद दिवश भव्यताको साथ देशभरी मनाउने निर्णय पनि गरेको छ।
मोर्चाको सदस्य घटक नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे पनि बैठकमा छलफल भएको स्रोतले जनाएको छ।
‘राजनैतिक दलका नेताहरुको अदालतमा भएको मुद्दाबारे सरकारलाई एकमुष्ट जानकारी दिने र आवश्यक निर्णय गर्न अनुरोध गर्ने’ मोर्चाले निर्णय गरेको छ।
यस्तै, राजनैतिक सम्झौताबारे अदालतलाई पनि जानकारी दिइने निष्कर्ष मोर्चाको छ।
विप्लव लगायत नेताहरूको अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनेलगायत विषयमा यसअघि केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति भएको थियो।
Shares
प्रतिक्रिया