ad ad

खेल


इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी

नेपालखबर
पुस १२, २०८० बिहिबार ८:०, काठमाडौँ

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी भएका छन्। 

इंग्ल्यान्डको गुडिसन पार्कमा भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ गोलले पराजित गरेको छ। जितसँगै सिटी १८ खेलमा ३७ अंकसहित तालिकाको चौथो स्थानमा छ।

त्यसैगरी गए राति नै भएको खर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गरेको छ। यो जितसँगै चेल्सी १९ खेलमा २५ अंकसहित तालिकाको दशौँ स्थानमा छ।

त्यसगरी अर्को खेलमा उल्भ्सले ब्रेन्टफोर्डलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। उल्भ्स १९ खेलमा २५ अंकसहित ११औँ स्थानमा छ। 

अंकतालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अंक जोडेको छ। त्यसैगरी तेस्रो स्थानमा रहेको एस्टनभिल्लाको १९ खेलमा ३९ अंक जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .