ad ad

समाज


यी वरिष्ठ अधिवक्ता, जो सन्दीपका पक्षमा बहस गर्दै छन्

यी वरिष्ठ अधिवक्ता, जो सन्दीपका पक्षमा बहस गर्दै छन्

नेपालखबर
पुस १२, २०८० बिहिबार ७:५८, काठमाडौँ

काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी छ। 

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि जारी सुनुवाइअन्तर्गत पीडिततर्फका वकिलले बहस सकेका छन् भने प्रतिवादी सन्दीपतर्फका कानुन व्यवासायीले बसह थालिसकेका छन्। 

पीडिततर्फको बहस सकिएकै दिन बुधबार सन्दीपतर्फका वकिलले पनि बहस थालेका हुन्। आज पनि सन्दीपतर्फबाटै बहस जारी रहने काठमाडौँ जिल्ला अदालतले जनाएको छ। 

आज उनका पक्षमा वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापा, किशोर सापकोटा, अधिवक्ता सरोजकृष्ण घिमिरेलगायतले बहस गर्दैछन्।   

बहस सकिए आजै नत्र शुक्रबारसम्म फैसला हुने सम्भावना छ। 

जाहेरवाला किशोरीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियार तथा अधिवक्ताहरू मोहना अन्सारी, शान्ति रिजाल, आश्मा आचार्य, अनिता थपलिया, वरिष्ठ अधिवक्ता शशि अधिकारी, नारायण चौलागाईं, प्रतिमा कँडेल खरेल र लेखनाथ भट्टराईले बहस गरे। 

२०७९ भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको जाहेरवाला किशोरीको दाबी छ। 

जाहेरीमा पीडित नाबालिग रहेको दाबीसहित सन्दीपलाई १० देखि १२ वर्षसम्म कैदको माग गरिएको छ।

सन्दीपले भने अभियोग अस्वीकार गर्दै जाहेरवाला नाबालिग नभएको पनि दाबी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .