ad ad

खेल


त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपाल १८ रनले पराजित

त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपाल १८ रनले पराजित

लक्ष्मी जि.सी
माघ २२, २०७६ बुधबार १०:४९,

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४६ दशमलव ५ ओभर खेल्दा मात्र १ सय ७९ रन जोड्नसक्यो।

नेपालले अब अर्को खेलमा शनिबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले सुरुवाती ५ ओरभमै प्रमुख ब्याट्सम्यान तथा ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई सजिलै गुमाएको थियो। पारसले ३ रन जोड्दा ज्ञानेन्द्र १ रनमै आउट भएका थिए।

खेलमा उप कप्तान दीपेन्द्र सिंह ऐरी र शरदले ६२ रनको साझेदारी गरे पनि त्यो जितका लागि पर्याप्त भएन।

ओडीआईमा नेपालको यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी समेत हो। दीपेन्द्रलाई २० औं ओभरको तेस्रो बलमा मोहम्मद नदीमले ३६ रनमा एलबीडब्लू आउट गरेका थिए।

दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कलीमुल्लाहको चौथो ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा कप्तान ज्ञानेन्द्र मोहम्मद नदीमबाट क्याच हुँदै पेभिलिएन फर्के।

त्यस्तै बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस सट खेल्नेक्रममा एज लाग्दै विकेटकिपर सुरज कुमारबाट ३ रनमा क्याच आउट भए।

२४ औं ओभरको पहिलो बलमा आरिफ शेख ६ रनमा जिशान मकसुदको कट एण्ड बोल्ड आउटको शिकार बने।

लगत्तै दोस्रो बलमा रोहित कुमार पौडेल दोस्रो स्लिपमा रहेका खावर अलीबाट शून्यमा क्याच आउट भएपछि नेपालमा दबाबमा परेको थियो।

छैटौं विकेटका लागि विनोद भण्डारी र शरदले ४३ रनको साझेदारी गर्दै जितको संभावना कायमै राखेका थिए। तर ३४ औं ओभरको पहिलो बलमा विनोदलाई अलीले सन्दीप गौडबाट २६ रनमा क्याच आउट गराए। विनोद भण्डारीले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे।

करण केसी शुन्य रनमा आउट भएको इनिङस्मा सन्दीप लामिछानेले २८ रनको योगदान दिए।
नेपाललाई रोक्न ओमानका जिसान मक्सुदले ३ तथा विकल खान र कलिमुल्लाहले समान २ विकेट लिए।

त्यसअघि घरेलु मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै रनको १ सय ९७ रनको योगफल तयार पारेको थियो।

एक दिवसीय खेलमा डेब्यु गरेका सुसन भारीले ३ विकेट लिए। निकै किफायती बलिङ गरेका सुसनले आफ्नो स्पेलमा १४ रन खर्चदै १ मेडन राखे।

करण केसीले ५ तथा दिपेन्द्र सिंह ऐरिले १ विकेट लिए। तीब्र गतिका बलर करण केसीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरे।

ओडीआई डेब्यू खेल खेलिरहेका अभिनाश बोहराले दोस्रो ओभर डट राख्दै दबाब बढाएका थिए। तेस्रो ओभरको तेस्रो बलमा अकीब इलियास रन आउट हुनबाट बचे।

करणले नै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए।

आठौं ओभरमा स्पिनर सन्दीप लामिछानेलाई बलिङमा आएका थिए। उनले कुनै विकेट हात पार्न सकेनन्। १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा उत्कृष्ट रन आउट गराएपछि नेपाल हाबी भएको थियो।

अकीबले ३४ बलमा २ चौका प्रहार गरे। पारस खड्काले १६ औं ओभर मेडन राखे। १९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलवी डब्यू आउट गरे।

सुशनको अपिलमा एम्पायरले आउट दिएका थिए। उनले ४० बलमा ४ चौका प्रहार गरे। एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई ज्ञानेन्द्र मल्लबाट शून्यमा क्याच गराएपछि नेपाल खेलमा हाबी भएको थियो।

मोहम्मद नाविदले अर्धशतक पुरा गरेको इनिङ्समा सिम खुसीले २८, निसन मक्सुदले २०,अकिब लियासले १६ रन जोडे। अन्य ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

सिरिजमा भोलि ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .