ad ad

खेल


इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग न्यूक्यासल ४–२ ले पराजित

इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग न्यूक्यासल ४–२ ले पराजित

नेपालखबर
पुस १७, २०८० मंगलबार ७:४६, काठमाडौँ

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले न्यूक्यासललाई ४–२ गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै शीर्ष स्थानको लिभरपुलले तीन अङ्कको अग्रता बनाएको छ।

इंगल्याण्डमा भएको खेलमा लिभरपुलको जितको लागि मोहमद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले एक–एक गोल गरे। न्यूक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटम्यानले एक–एक गोल फर्काए। 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुबै टोलीले दोस्रो हाफमा गोल गरेका हुन्। 

यो जितसँगै लिभरपुलको २० खेलमा ४५ अङ्क जोडेको छ। दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलमा ४२ अङ्क छ। लिभरपुलसँग पराजित न्युक्यासलको २० खेलमा २९ अङ्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .