नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ को वार्षिक क्वालेन्डर सार्वजनिक गरेको छ।
क्यानले बिहीबार एक कार्यक्रमबीच वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो।
क्यानको क्यालेन्डर अनुसार यो वर्ष नेपाली टोलीले आईसीसी विश्वकप लिग २, टि२० आई सिरिज र ओडीआई सिरिज खेल्नेछ।
यस्तै महिला क्रिकेट, उमेर समूह र प्रथम श्रेणी अन्तर्रािष्ट्रय खेल खेल्ने तालिका छ।
यो वर्षको सुरुवातमा नेपालले आगामी फेब्रुअरी १० देखी १४ सम्म क्यानडासँग ओडीआई सिरिज खेल्नेछ। जुन सिरिज तीन खेलको हुनेछ।
यस्तै २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नेपालले नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टि–२० सिरिज खेल्नेछ। जुन सिरिज टि २० आई फर्म्याटमा हुनेछ।
१९ मार्च देखि ३० अप्रिलसम्म नेपाल ए टोलीले आयरल्यान्ड ए सँग ५ एकदिवसीय र तीन टि२० खेल खेल्ने तालिका छ।
महिला टोलीले ८ फेब्रुअरीदेखि १९ सम्म मलेसियामा एसीसी टि२० आई प्रिमियर कप खेल्ने तालिका छ।
Shares
प्रतिक्रिया