ad ad

कारोबार


सहकारीका समस्या समाधान गर्न निर्मम भएर लाग्छौँ : अध्यक्ष ढकाल

सहकारीका समस्या समाधान गर्न निर्मम भएर लाग्छौँ : अध्यक्ष ढकाल

नेपालखबर
पुस १९, २०८० बिहिबार १४:६, काठमाडौँ

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका समस्या समाधान गर्न शुद्धीकरणमा जानुपर्ने आवश्यकता रहेको बताएका छन्।

नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष ढकालले सुशासन र सहकारीको मर्यादामा नबस्ने सहकारीलाई शुद्धीकरण गरेर जाने प्रतिबद्धता आफूले पहिलो बैठकमा नै गरेको बताए।

सहकारीका सदस्य र नेतृत्वले सुशासन र सहकारीको मर्यादा भन्दा बाहिर गएर सम्झौता नगर्ने प्रतिबद्धतासहित नयाँ ढङ्गमा अगाडि बढ्ने उनी बताउँछन्।

सहकारी शुद्धीकरणमा गए मात्रै पछिल्लो समय यस क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने उनको दाबी छ।

सहकारीभित्र आएका समस्या व्यक्ति विशेषको कारणले आएको भन्दै सहकारी अभियान र नेतृत्वमा त्यस्तो समस्या नभएको ढकालले बताए।

केही नम्बरमा गन्न सकिने सहकारीको लगानी र प्रकृति हेर्दा सहकारी संस्था भन्न नसकिने भएकाले त्यस्ता सहकारीलाई शुद्धीकरणको माध्यमबाट पृथक रूपमा सहकारी अभियान अगाडि बढाउने ढकालको भनाइ छ।

‘सिर्जित समस्याहरूभित्र निर्मम भएर प्रस्तुत भइएन भने स्वभावैले सबैलाई धमिलो बनाउँछ। धमिलो बनाइसकेपछिको परिस्थिति सहकारी भनेको समस्याको थलो हो भन्ने भाष्य कायम गर्न बल पुग्छ,’ अध्यक्ष ढकालले भने, ‘त्यसैले सिर्जित समस्या ल्याउनेप्रति निर्मम हुने र स्वाभाविक रूपमा हुने समस्याहरूको राज्य, सहकारी अभियान र लगानीकर्ता सबै मिलेर समाधान खोज्नुपर्छ। यो पद्धतिमा अहिलेको नेतृत्व लाग्नेछ।’

वचत तथा ऋण सहकारीभित्र धेरै नम्बर रहेकाले त्यहाँ भएका नम्बरभित्र शुद्धीकरण गरी वचत तथा ऋण सहकारी संस्थाले नै सुशासनको प्रत्याभूति दिनेगरी सहकारीका मूल्य मान्यतामा हिँड्न आवश्यक रहेको उनले बताए।
अब पनि सहकारीको मान्यतामा भएका सहकारी हिँड्न नसक्ने परिस्थिति भए ठूलो संकट आउने अवस्था रहेको भन्दै सहकारीहरू सुधार हुनुको विकल्प नभएको बताए।

भूकम्प, युक्रेन-रसियाको युद्ध, कोभिड महामारी सबैभन्दा ठूलो असरको कारण रहेको र बजारमा तरलता अभावको कारणले पनि सहकारीमा प्रभाव परेको ढकालको धारणा छ। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .