ad ad

खेल


विश्वकपमा खराब प्रदर्शनपछि पीसीबीद्वारा प्रशिक्षक मिकी आर्थर बर्खास्त

विश्वकपमा खराब प्रदर्शनपछि पीसीबीद्वारा प्रशिक्षक मिकी आर्थर बर्खास्त

नेपालखबर
पुस २४, २०८० मंगलबार १५:११, काठमाडौँ

विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानी टोलीका प्रशिक्षक मिकी आर्थरलाई स्थायी रूपमा हटाउने निर्णय गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार पीसीबीले विदेशी खेलाडी मिकी आर्थर, ग्रान्ट ब्राडबर्न र एन्ड्रयु प्याटिकसँगको सम्बन्ध तोडेको हो। 

पीटीआईले पीसीबीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बोर्डका अध्यक्ष जाका अशरफ र मुख्य अपरेटिङ अफिसर सलमान नासिरले तीन प्रशिक्षकसँग अन्तिम सम्झौताबारे छलफल गर्ने बताए।

यी तीनलाई गत वर्ष अप्रिल–मेमा पीसीबीको क्रिकेट व्यवस्थापन समितिका तत्काल अध्यक्ष नजम सेठीले नियुक्त गरेका थिए।

विश्वकपमा खराब प्रदर्शन गरेपछि तीनै जना लाहोर फर्किएका थिए र त्यसपछि राष्ट्रिय टोलीलाई आफूहरूको आवश्यकता नरहेको बताएका थिए।

यसपछि मोहम्मद हफिज पाकिस्तानी टोलीको निर्देशक चुनिए।

नयाँ टोली निर्देशक र प्रशिक्षकको नियुक्तिपछि पनि पाकिस्तानी टोलीको प्रदर्शनमा खासै सुधार आउन सकेको छैन र अस्ट्रेलियासँगको टेस्ट शृंखलामा ३–० ले हारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .