म्यानचेस्टर युनाइटेड तथा इंग्ल्यान्डका विंगर जाडोन सान्चो पूर्वक्लब बोरुसिया डर्टमन्डमा फर्किएका छन्।
२०२३–२४ को बाँकी सिजनका लागि उनी लोनमा पूर्वक्लबमा अनुबन्ध भएका हुन्।
२३ वर्षिय सान्चो २०२१ को जुलाइमा जर्मन क्लब डर्टमन्डबाट ७३ मिलियन पाउन्डको सम्झौतामा ओल्ड ट्राफोर्ड पुगेका थिए।
सान्चोले अगस्ट २६ देखि युनाइटेडका लागि खेलेका छैनन्। उनले पछिल्लो पटक २०२३ को मे मा फुलहामविरुद्ध गोल गरेका थिए।
डर्टमन्ड फर्किएपछि सान्चोले भने, ‘जब म ड्रेसिङ रुममा आएँ, घर फर्किएजस्तो लाग्यो। मलाई क्लबभित्र र बाहिर थाहा छ। म सधैँ प्रशंसकहरुको नजिक छु। टिम मेटसँग फेरि भेट्नका लागि एकदमै आतुर छु, मैदानमा मुस्कानका साथ खेल्न र गोल गर्दै टोलीका लागि च्याम्पियन्स लिगका लागि छनोट गर्न आतुर छु।’
सान्चोले यसअघि सन् २०१७ देखि बुन्डेस लिगा क्लबसँग चार सिजन बिताएका थिए। जसमा १ सय ३७ खेलमा ५० गोल गरेका थिए।
Shares
प्रतिक्रिया