आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
शनिबार भएको उद्घाटन खेलमा आयोजक आइभोरी कोस्टले गिनी बिसाउलाई २-० ले हराएको हो।
ओलम्पिक स्टेडियम अफ एबिम्पेमा घरेलु टोलीको जितका लागि सेका फोफाना र जेनि फिलिप्पे क्रास्सोले गोल गरे।
फोफानाको गोलबाट आइभेरी कोस्टले चौथो मिनेटमै खेलमा अग्रता बनाएको थियो। ५८औँ मिनेटमा क्रास्सोले टोलीका लागि दोस्रो गोल गरे।
अफ्रिका कप अफ नेशन्समा आफ्रिकाका २४ टोली सहभागी छन्।
30
Shares
प्रतिक्रिया