ad ad

खेल


मधेसविरुद्ध त्रिभुवन आर्मीको फराकिलो जित, विनोद भण्डारीले बनाए शतक

मधेसविरुद्ध त्रिभुवन आर्मीको फराकिलो जित, विनोद भण्डारीले बनाए शतक

नेपालखबर
माघ १, २०८० सोमबार १७:२९, काठमाडौँ

कप्तान विनोद भण्डारीको शतकमा मधेस प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुआत गरेको छ। 

सोमबार भएको खेलमा आर्मीले मधेसमाथि १ सय २६ रनको फराकिलो जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। 

आर्मीले दिएको ३ सय २१ रनको लक्ष्य पछ्याएको मधेश ४८.४ ओभरमा १ सय ९४ रनमा समेटियो। 

मधेसका लागि पवन सरार्फले सर्वाधिक ६५ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। 

ओपनर मयन यादवले ३४ र राजेश यादवले ३२ रन बनाए। 

रुपेश सिंह १८ र हरिशंकर शाह १२ रन थपे। विशाल पटेल १७ रनमा बोल्ड आउट भए। 

आर्मीका लागि स्पिनर साहब आलमले ४ विकेट लिए। सोमपाल कामीले दुई विकेट लिए। जितेन्द्र मुखिया र कुशल मल्लले समान एक् विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेस प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा २ सय २० रन बनाउँदा अलआउट भयो।  

आर्मीका कप्तान विनोद भण्डारीले १ सय १३ रनको शतकिय पारी खेले। ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गरेका भण्डारी रन्जित कुमारको बलमा मयन यादवको हातबाट क्याच आउट भए।  

भण्डारीले ८९ बलमा शतक पूरा गरेका थिए। पिएम कपमा भण्डारीको करियरको दोस्रो शतक हो। 

भण्डारीले यसअघि सन् २०२१ मा गण्डकी प्रदेशविरुद्ध १ सय ११ रनको शतकीय पारी खेलेका थिए। उनको करिअरको भने यो चौथो शतक हो। 

पिएम कपमा दुई शतक प्रहार गर्ने भण्डारी एक्ला विकेट किपर हुन्। यस्तै पिएम कपमा दीपेन्द्रसिंह ऐरीपछि दुई शतक हान्ने भण्डारी दोस्रो खेलाडी हुन्। 

एक समय २०.५ ओभरमा १०२ रन बनाउँदा ५ विकेट गुमाएको आर्मीका लागि पाँचौ विकेटका लागि भण्डारी र कुशल मल्लले १ सय ३२ रनको शतकीय साझेदारी गरे। 

मल्लले ४४ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाउादा क्याच आउट हुन पुगे। 

सन्तोष कार्कीले ४२ रन थपे। विवेक यादव ३७ रन बनाउँदा क्याच आउट हुन पुगे। 

इमरान शेखले २६ र भिम सार्कीले १८ रन बनाउँदा पवेलियन फर्के। बसिर अहमदले १६ रन बनाए। सोमपाल कामी ६ रन बनाउँदा बोल्ड भए।

साहब आलम ७ रन बनाउाँद रनआउट भए। सन्दीप रजाली शुन्य रनमा नै आउट भए। जितेन्द्र मुखिया २ रनमा नटआउट रहे। 

मधेस प्रदेशका लागि रन्जित कुमार एक्लैले ५ विकेट लिए। उनले ९ ओभरमा ४१ रन खर्चे। 

विशाल पटेलले ९ ओभरमा ८४ खर्चदै  दुई विकेट झारे।  रुपेश सिंह र राजेश यादवले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .