ad ad

कला


थिएटर मल कीर्तिपुरमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’ मञ्चन

थिएटर मल कीर्तिपुरमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’ मञ्चन

नेपालखबर
माघ १, २०८० सोमबार १७:३२, काठमाडौँ

थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’ मञ्चन गरिएको छ।

नाटकलाई पपेट थिएटरमा अभ्यस्त जापानकी रङ्गकर्मी इरिना सजीले लेखन, परिकल्पना तथा निर्देशन गरेकी हुन्। 

जापानको उतारभिजन थिएटर कम्पनी र नेपालको थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र थिएटर मलको संयुक्त आयोजना भएको कार्यशालाबाट यो नाटक तयार पारिएको हो।

नाटक मञ्चनसँगै १० दिने पपेट थिएटर कार्यशाला सकिएको छ। यो नाटक उतारभिजनले जापानमा पनि मार्चमा मञ्चन हुने थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन कला निर्देशक केदार श्रेष्ठले जानकारी दिए। 

नाटक ‘चिरुचिरु मिचिरु’मा दुई बालकले नीलो चराको खोजीका लागि गरेको सपनाको यात्राको कथालाई बालसुलभ शैलीमा प्रस्तुत गरिएको थियो। 

नाटक र पपेट कार्यशालामा शंकर भण्डारी, सवीर चुरौटे, सुस्मिता गुरागाईं, पूजा ढकाल, मञ्जु गिरी, राज्यलक्ष्मी महर्जन, मञ्जु महर्जन, इलिना नकर्मी, आभा प्रधान, सौजन लिम्बु, शोभा कार्की, सुमन नापित, सौभाग्य सिहं, स्योन, रौनक कार्की लगायत सहभागी थिए।

त्यसैगरी जापानबाट निर्देशक इरिना सजीसहित चार जना कलाकार कार्यशालाका मेन्टर थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .