प्रतिश जिसीको अर्धशतकमा बागमती प्रदेशले मधेश प्रदेशसामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा मधेश प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा १ सय ९० रन बनाउँदा अलआउट भयो।
बागमतीका लागि प्रतिस जिसीले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ५५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।
रविन जोशीले २१ रन थपे। इसान पाण्डेले १५, विपिन आर्चायले १३, कप्तान रित गौतमले १२ र रिजन ढकालले ११ रन बनाए। पाँच ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
मधेशका लागि रुपेश सिंह र अरनिको यादवले समान २ विकेट लिए। राजेश यादव। रन्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले समान एक विकेट लिए।
12
Shares
प्रतिक्रिया