ad ad

खेल


जाजरकोटका भूकम्पपीडितलाई भारतले बनाइदियो २ सय प्रि-फेब्रिकेटेड घर

जाजरकोटका भूकम्पपीडितलाई भारतले बनाइदियो २ सय प्रि-फेब्रिकेटेड घर

नेपालखबर
माघ २, २०८० मंगलबार १४:३४, काठमाडौँ

जाजरकोटमा गत कात्तिक १७ गते गएको ५.७ म्याग्निच्युडको भूकम्पले भौतिक तथा मानवीय क्षति भोगेका पीडितहरूका लागि भारतले पहिलो चरणमा २ सय वटा प्रि-फेब्रिकेटेड घर बनाइदिएको छ।

१५७ जनाको ज्यान जाने गरी गएको उक्त भूकम्पका कारण जाजारकोटमा मात्रै हजारौँ घर ध्वस्त भएका थिए। 

भारत सरकारको सहयोगमा पहिलो चरणमा जाजरकोटमा २ सय प्रि-फेब्रिकेटेड घर तयार भएका हुन्। 

यी सबै २ सय घर निर्माण पूरा गरिसकेपछि नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको छ। 

भारतले जाजरकोट केन्द्रबिन्दु भएर गएको उक्त भूकम्पबाट पीडितहरूका लागि पाँचौँ चरणसम्म राहत सामग्री पठाइसकेको छ। 

यसअघि पुस २९ मा भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका क्रममा भारतले भूकम्पपीडितका लागि थप १० अर्ब रुपैयाँ सहयोग घोणा गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .