हेल्प नेपाल स्पोर्टस् क्लब र श्रीलंका आर्मीले पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ पहिलो जित दर्ता गरेका छन्।
पोखरा रगंशालाको कभर्डहलमा मंगलबार भएको पुरुषतर्फको समुह ए को खेलमा हेल्प नेपालले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको हो।
पहिलो र दोस्रो सेटमा लगातार जित निकालेको हेल्प नेपालले तेस्रो सेट भने आर्मीलाई सुम्पेको थियो।
हेल्प नेपालले आर्मीलाई २५–१८, २५–२०, २३–२५ र २५–२० ले जित निकालेको हो।
मंगलबार नै भएको समुह बी को खेलमा श्रीलंका आर्मीको टोलीले विभागीय एपिएफ क्लबलाई ३–१ को सेटमा नै हराएको हो।
पहिलो सेट एपीएफले आफ्नो पक्षमा पारे पनि त्यसपछिका तिन सेटमा लगातार हार व्यहोर्दै एक खेल आगावै सेमिफाइनल पुग्ने मौका गुमाएको हो।
श्रीलंका आर्मीले एपीएफलाई २३–२छ, २५–१९, २५–२१ र २५–१३ ले हरायो।
आजै भएको महिलातर्फको खेलमा भने आयोजक गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान पक्का गरेको छ।
महिलातर्फ कै दोस्रो खेलमा भारतको हरियाणा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले पहिलो जित निकाल्दा न्यु डायमण्डले सेमिफाइनलमा स्थान बनाएको छ।
Shares
प्रतिक्रिया