ad ad

कारोबार


निगमको जहाज बिग्रिएसँगै फेरियो कतार र जापानको उडान तालिका (सूचनासहित)

निगमको जहाज बिग्रिएसँगै फेरियो कतार र जापानको उडान तालिका (सूचनासहित)

नेपालखबर
माघ २, २०८० मंगलबार १८:४४, काठमाडौँ

नेपाल वायुसेवा निगमको जहाज बिग्रिएसँगै कतारको दोहा र जापानको नारिताको उडान तालिका परिवर्तन भएको छ।

आइतबार राति वाइडबडी जहाजमा समस्या आएसँगै ३ दिनको तालिका परिवर्तन भएको हो। 

निगमका अनुसार जापानको नारितमा यसअघि १६ जनवरी राति ११ः२५ मा रहेको उडान अब १७ जनवरी ०८ः०५ मा हुने गरी समयतालिका फेरिएको छ। 

त्यस्तै जनवरी १७ मा हुने नारिता-काठमाडौं ११ बजेको उडान बेलुका ०७ः१० बजे उडान हुने भएको छ। 

उता १६ जनवरी राति ११ बजे रहेको  काठमाडौं-दोहा उडान १८ जनवरी राति १ः५० मा हुनेछ। दोहा-काठमाडौंको १७ जनवरी ०३ः२५ मा रहेको उडान तालिका १८ जनवरी बिहान ६ बजे हुने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .