११औं किन्डर ओलम्पिक २०८० आगामी माघ ६ देखि १३ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ।
अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एशोसिएशन (एकता) को आयोजनामा हरेक वर्ष आयोजना यो प्रतियोगिता हुँदै आएको छ। यसपाली काठमाडौं उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता जनाउने बिहीवार आयोजित पत्रकार सम्मेलनमा एकताका अध्यक्ष बिना शर्माले जानकारी दिइन्।
दशरथ रंगशालामा हुने कार्यक्रममा तीनदेखि ६ वर्ष उमेर भित्रका १७ सय विद्यार्थीले विभिन्न खेलकुद विधामा भाग लिनेछन्।
प्रतियोगिताका संयोजक केदारमान स्थापितले प्रतियोगितामा एथलेटिक्स, जुडो, कराते, उसु र तेक्वान्दो खेल समावेश गरिएको जानकारी दिए। सानै उमेरबाट नै विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा संलग्न गराउने उक्त प्रतियोगताको नारा ‘जितभन्दा सहभागिता महत्वपूर्ण’ रहेको छ।
एकताका अध्यक्ष बिना शर्माले किन्डर ओलम्पिकमा सहभागिता ठूलो रहेको उल्लेख गर्दै बालबालिकाहरुलाई रंगशालासम्म डोर्याउनु मुख्य उद्देश्य रहेका बताइन्।
सबै सहभागीलाई पदक दिने भएकाले जितभन्दा सहभागिता मुख्य हो भन्ने सबैले महशुस गर्ने आयोजकको विश्वास छ। सहभागि खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीको प्रमाणपत्र वितरण गरिने बताइएको छ।
Shares
प्रतिक्रिया